काठमाडौं, माघ ४ :

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको जानकारी दिए । 

उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा. बुढाथोकीले बताए। ‘आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रिपरिषद्मा पेश गछौं, उनले भने । डा. काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।