
नेपाली कांग्रेसभित्रको विवाद सल्टाउन तीन पक्षका नेताहरु छलफलमा जुटेका छन् । सहमतिको खाका बनाउन विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्ष कांग्रेस प्रवक्ता देवराज चालिसे र मधु आचार्य, शेरबहादुर देउवा पक्षका रमेश लेखक र शेखर कोइराला पक्षका मिनेन्द्र रिजाल महाराजगञ्जमा छलफलमा रहेका छन्।
निर्वाचनमा सहमतिका साथ अघि बढ्न तीनै पक्ष तयार भएपछि सहमतिको खाका बनाउन अहिले नेताहरू छलफलमा जुटेका हुन् । उनीहरुले विवाद समाधानका लागि पहल गरिरहेका थिए।
संवादका क्रममा निर्वाचनमा सहमतिका साथ अघि बढ्न थापा, देउवा र कोइराला पक्ष समेत तयार भएपछि सहमतिको खाका बनाउन अहिले नेताहरू छलफलमा छन्। सबै पक्षको प्रतिनिधित्व गर्ने कार्यदलले सहमतिको खाका बनाउने र त्यसपछि सहमति गरेर अघि बढ्ने महामन्त्री गुरुराज घिमिरेले बताए ।
सभापति गगन थापा पक्षले सभापति देउवा निकटका नेताहरूसँग निरन्तर छलफल गर्दै आएका छन् । सहमतिका लागि अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको रिट फिर्ता लिनुपर्ने र टिकट वितरणमा भागबण्डा नगर्ने तर यसअघि जितेका, जित्ने सम्भावना भएका र जनप्रिय नेताहरुलाई टिकट दिने गरी सहमतिको प्रयास गरिएको छ ।