काठमाडौं, माघ ५ :

नेकपाका नेता वामदेव गौतम यसपटक उम्मेदवार बन्न पाएनन् । बर्दिया १ बाट चुनाव उठ्ने पक्कापक्की जस्तै भएका गौतमको नाम अन्तिम समयमा  हटाएर टिकट अर्कैलाई दिइएको छ । गौतमको ठाउँमा नेकपाले बर्दिया १ मा विष्णुप्रसाद थारुलाई टिकट दिएको छ।

प्रतिनिनिधिसभाको उम्मेदवार बन्न  गौतमले शुक्रबार राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए। उनको कार्यकाल आउँदो फागुन २० गतेसम्म थियो। फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा उम्मेदवार हुन नपाएसँगै ७७ वर्षीय गौतम अब संसदीय राजनीतिबाट ओझेल परेका छन्।