
भक्तपुर, माघ ६ :
नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै अब समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने धारणा राखे ।
उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको जनाउँदै सबैलाई साथमा लिएर अघि बढ्ने र जनताले विश्वास गर्ने बताए ।