
काठमाडाैं, माघ ६ :
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् । सो ठाउँमा रास्वपाबाट राजुनाथ पाण्डेले पनि उमेदवारी दर्ता गराइसकेका छन् ।
कांग्रेसको बलियो पकट मानिने उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट भने दुजाङ शेर्पाको उमेदवारी रहेको छ ।