बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

देशको संरचना जलाएर र भत्काएर नयाँ नेपाल बन्दैन : ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
देशको संरचना जलाएर र भत्काएर नयाँ नेपाल बन्दैन : ओली
झापा, माघ ६ :

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संरचना जलाएर,भत्काएर र तोडफोड गरेर नयाँ नेपाल नबन्ने बताएका छन् ।  मंगलवार बिहानैदेखि ओली दमक क्षेत्रमा जेएनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

जेएनजी आन्दोलनको आवरणमा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने समेत बताए । उनले भने, ‘जलाउन र भत्काउन सजिलो छ तर बनाउन धेरै गाह्रो छ।’

अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, दमक नगर प्रमुख रामकुमार थापाको निवास तथा स्थानीय बुद्धि थापाको घरको अवलोकन गरे ।  

अवलोकनको क्रममा ओलीले आगजनी र तोडफोड गर्ने काम नेकपा (एमाले) को नीति र चरित्र नभएको स्पष्ट पार्दै एमालेले सधैं निर्माण र विकासको बाटो अपनाउँदै आएको बताए ।जेएनजी आन्दोलनपछि ओली पहिलो पटक दमक पुगेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार