
झापा, माघ ७ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बिहानैदेखि झापा–५ का मतदातासँग भेटघाटमा व्यस्त छन् ।
उनले दमक–५ मा सम्पर्क कार्यालय खोलेका छन् ।
सोही कार्यालयमा स्थानीय मतदातासँग भेटेर विभिन्न विषयमा उनले कुराकानी गरिरहेका छन् । झापाको क्षेत्र नम्बर ५ यतिबेला निकै चर्चामा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन्द्र साहबीच चुनाबी प्रतिस्पर्धा हुन गईरहेको छ । त्यसैले पनि झापा चर्चामा छ ।