
काठमाडौं, माघ ७ :
विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगीता कौशल मिश्रासँग ५ लाख धरौटी माग गरेको छ।
न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। स्वास्थ्य सेवा विभागमा महानिर्देशक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
मिश्रा समेतले गलत प्रतिवेदन दिई सबै सामान प्राप्त नहुँदै सबै रकम भुक्तानी दिएको पाइएको थियो। तर,मिश्राले भने खरिद प्रक्रियाबारे जानकारी नभएको बयान दिएकी थिइन्। पूर्वनिर्धारित क्षतिपूर्ति बापत ६९ लाख २ हजार ५०० रुपैयाँ समेत हानी नोक्सानी गराएको अख्तियारको आरोप छ।