
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ५७ जना जेनजीले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको विवरण अनुसार मंगलबार उम्मेदवारी दिएका ३ हजार ४ सय ९० जनामध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना व्यक्तिले उम्मेदवारी दिएका हुन् ।
यी मध्ये ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अरु बाँकी ७० जनाले दलबाट उम्मेदवार बनेका छन् ।
यो संख्यालाई हेर्ने हो भने अघिल्लो प्रतिनिधिसभामा रहेका प्रमुख पार्टीबाट निकै कम उम्मेदवार मात्रै परेका छन् । अघिल्लो प्रतिनिधिसभामा कायम रहेका दलहरूमध्ये पहिलो दल नेपाली काँग्रेसबाट कुनै पनि जेनजी उम्मेदवार परेका छैनन् ।
दोस्रो ठुलो दल नेकपा एमालेबाट एकजना जेनजी उम्मेदवार छन् भने तेस्रो ठुलो दल रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पनि एक जना जेनजी उम्मेदवार समावेश छन् ।
अघिल्लो प्रतिनिधिसभामा चौथो ठुलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ जना जेनजी उम्मेदवारलाई प्रत्यक्ष रूपमा चुनावी मैदानमा उतारेको छ ।
त्यस्तै पाँचौं शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना छन् । जनता समाजवादी पार्टीले कुनै पनि जेनजी उम्मेदवार उठाएको छैन ।
नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभामा उम्मेदवारी दिन कम्तीमा २५ वर्ष उमेर हुनुपर्छ । त्यसैले चार वर्षको उमेर समूहका जेनजी मात्रै यसमा उम्मेदवार बन्न पाउँछन् । १९९६ देखि २०१२ सम्म जन्मिएको उमेर समूह जेनजी भए पनि २००० वा सोभन्दा अघि जन्मेका मात्रै यसका लागि योग्य हुन्छन् ।
कुन दलमा कति छन् जेन्जी उम्मेदवार ?
नेपाली काँग्रेस - ०
एमाले - १
नेपाली कम्युनिष्ट पार्टी - १
राष्ट्रिय स्वतन्त्र पार्टी - ८
राष्ट्रिय प्रजातन्त्र पार्टी - २
जनता समाजवादी पार्टी नेपाल - ०
जनमत पार्टी - २
नागरिक उन्मुक्ति पार्टी - ०
नेपाल मजदूर किसान पार्टी - ६
श्रम संस्कृति - ४
उज्यालो नेपाल पार्टी -७
आम जनता पार्टी - ३
जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) - १
जनअधिकार पार्टी - १
जनता लोकतान्त्रिक पार्टी, नेपाल - १
जनदेश पार्टी नेपाल - २
जय मातृभूमि पार्टी - १
नेपाल जनता पार्टी - १
नेपाल जनसेवा पार्टी - २
नेपालका लागि नेपाली पार्टी- २
प्रगतिशील लोकतान्त्रिक पार्टी - ४
मंगोल नेशनल अर्गनाइजेसन - ५
मितरी पार्टी नेपाल - ४
राष्ट्र निर्माण दल नेपाल - ३
राष्ट्रिय जनमुक्ति पार्टी - १
राष्ट्रिय परिवर्तन पार्टी - ४
राष्ट्रिय मुक्ति पार्टी नेपाल - १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च - १
संयुक्त नागरिक पार्टी - १
समावेशी समाजवादी पार्टी -१