काठमाडौं, माघ ८ :

नेपाली कांग्रेका  नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट बचाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्। बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उनले विशेष महाधिवेशनमा सहभागी नहुनुको कारण पार्टी नफुटोस् भन्ने आफ्नो प्रयास भएको स्पष्ट पारे।
कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन सबै नेता र कार्यकर्ताहरूलाई एकढिक्का भएर लाग्न उनले आग्रह गरे। उनले पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने जिम्मेवारी आफूहरूको भएको उल्लेख गर्दै त्यसैअनुसार आफूले मध्यम मार्ग अपनाएको स्पष्ट पारे।

नेता कोइरालाले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने भन्दै आगामी निर्वाचनमा केन्द्रित हुन जोड दिए।  उनले भने, ‘विशेष महाधिवेशनमा आफू सहभागी भएको भए पार्टी दुई टुक्रा हुन्थ्यो।’

पार्टी एकताका लागि आफू जस्तो सुकै आलोचना खेप्न पनि तयार भएको नेता कोइरालाको भनाइ थियो । निर्वाचनले मुलुकलाई निकास दिने बताउँदै तिक्तता छाडेर कांग्रेसलाई जिताउन सबै लाग्नु पर्नेमा जोड दिए ।