बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ माघ, २०८२ मा प्रकाशित
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
काठमाडौं, माघ ८ :

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। 

नवनिर्वाचित सभापति गगन थापालाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि राजीनमा दिएको उनले बताए।  पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले  २०७२ सालमा मुख्य सचिव नियुक्त गरेका थिए।

नवनिर्वाचित सभापति थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्दैछन्।  सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारी गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार