गोरखा, माघ ९ :

गोरखा क्षेत्र नम्बर- २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।

भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहने बताए । रास्वपाको आग्रह बमोजिम उनले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ ।

रास्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट यो क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।