आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#झिलिमिली काठमाडौं#लक्ष्मीपूजाको साँझ#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी #झिलिमिली काठमाडौं#लक्ष्मीपूजाको साँझ#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी
समाचार प्रदेश लुम्बिनी प्रदेश

पीआरका कारण रुपन्देही–२ मा राप्रपाको उम्मेदवारी फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ माघ, २०८२ मा प्रकाशित
पीआरका कारण रुपन्देही–२ मा राप्रपाको उम्मेदवारी फिर्ता
रुपन्देही, माघ ९ :

फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छन् । उनले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।  उम्मेदवार थापाले आफ्नो उम्मेदवारीका विषयमा कहीँकतैबाट निर्वाचन आयोगमा उजुरी परेको नभई संविधानअनुसार उम्मेदवार बन्न नमिल्ने भएर पार्टीले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेकाले आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइन् ।

उम्मेदवार थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन् । तर नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने संवैधानिक व्यवस्था रहेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनले बताइन्। उम्मेदवार थापाको उम्मेदवारी फिर्ताको निवेदन आएको र त्यसउपर आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार