
काठमाडौं, माघ ९ :
नेकपा एमालेका अध्यक्ष केपी ओलीले जित्ने सम्भावना भएका उम्मेदवारलाई मात्र टिकट दिएको स्पष्ट पारेका छन्।
महाधिवेशनमा फरक समूहबाट प्रतिस्पर्धा गर्ने नेताहरूलाई टिकट नदिएर पाखा लगाएको भन्ने प्रश्नको प्रतिवाद गर्दै ओलीले निर्वाचन क्षेत्रको अवस्था हेरेर निर्णय गरिएको बताएका छन् । उनले भने, ‘मसँग मतभेद राख्नु नै उम्मेदवारी प्राप्त गर्ने आधार होइन।’
सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेको र गोकुल बास्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याएको भन्दै टिकट नपाएको ओलीको तर्क छ । उनले जित्ने स्थिति नभएका र नकारात्मक भूमिका खेलेकाहरूलाई टिकटको ग्यारेन्टी गर्न नसकिएको पनि बताएका छन् ।