
फाइल तस्बिर ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाहरुका आधारमा निर्वाचनमा प्रतिष्पर्धा हुने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले नभइ व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफूहरुले उठाएका मुद्दाहरुलाई घोषणापत्रले स्पष्ट पार्ने बताए ।
यस पटकको निर्वाचनमा आवधिक निर्वाचन भन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजेको उनले बताए ।
पौडेलले कांग्रेसको नेतृत्वमा देश बनाउने गरी आफ्ना मुद्दाहरुलाई स्थापित गर्ने दाबी गरे। त्यसैगरि उनले पार्टी सभापतिलाई मधेसमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको धारणा व्यक्त गरे । उनले पार्टी सभापति मधेसबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने बताए ।