काठमाडौं, माघ ९ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पदवहाली गरे । विशेष माहाधिवेशनबाट निर्वाचित भएको डेढ सातापछि पार्टी कार्यालय सानेपा पुगेर पदबहाली गरेका हुन् ।सभापति थापालाई उपसभापति विश्वप्रकाश शर्माले माला लगाइदिएर सम्मान मात्र गरेनन् अंकमाल समेत गरे । 

उपसभापति शर्माले यसरी स्वागत गर्दा त्यसको बदला सभापति थापाले झुकेरै दुई हात जोडेर नमस्कार गरे । पदवहालीको क्रममा दुई नेताबीच देखिएको सम्मान र सत्कार तारिफ योग्य थियो । उनै दुईजना हुन् जसले विशेष महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरे । 

यसरी एक अर्काबीचको दरिलो साथ र विश्वासले नै पूर्वसभापति शेरबहादुर देउवा पक्षले अवैधानिक भनिएको महाधिवेशन वैध तुल्याए । आधारिक रुपमा निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत महाधिवेशनले मान्यता पाइसकेको छ । यसलाई उनीहरुको परिपक्क र  सुझबुझ कामको परिणाम भन्न सकिन्छ । 

थापा पार्टी कार्यालय पुग्दा त्यहाँ सयौं नेता तथा कार्यकर्ताहरु स्वागतका लागि जम्मा भएका थिए । कांग्रेसलाई रुपान्तर गरेका गगन-विश्व नेतृत्वको कांग्रेसले आगामी निर्वाचनमा कस्तो परिणाम ल्याउँछ भन्ने धेरैले चासो राखेका छन् ।