हेटौैडा, माघ ११ :
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वागमती प्रदेशमा ९४ प्रतिशतभन्दा बढी मत खसेको छ। दुई पदका लागि भएको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख /अध्यक्ष र उपाध्यक्ष २३४ मध्ये २२९ जनाले मतदान गरेका छन् । ५ जना उपस्थित भएनन् ।
यस्तै प्रदेशसभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरेर ३३८ जनाले मतदाता रहेका थिए । तीमध्ये २० जनाले मतदान गरेनन् । राप्रपाले भने मतदानमा भाग लिएन । राष्ट्रिय सभा सदस्यका लागि वागमतीबाट दुई पदका लागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका थिए । बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सकिएको छ । निर्वाचन अधिकृत गीता श्रेष्ठले सर्वदलीय बैठक पश्चात् मतगणना सुरु गरिएको बताइन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान