आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश बागमती प्रदेश

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा देवकोटा र दङ्गाल विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा देवकोटा र दङ्गाल विजयी
हेटौंडा, माघ ११ :

राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी भएका हुन् ।

कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गरिन् । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् ।

यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार