
काठमाडौं, माघ १२ :
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसका सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन् । उनले अहिले आर्थिक नीतिहरू पुनरावलोकन गर्ने सही नेतृत्व र सही समय भएको बताए ।
पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै उनले बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले केही असर परेको बताए ।अध्यक्ष ढकालले भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेश उत्पादन र उद्यमशीलता प्रवर्द्धन नीतिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।