आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

ईपीएस पास गरेर पनि कोरिया जान नपाएपछि युवाहरुले गरे काठमाडौंमा प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
ईपीएस पास गरेर पनि कोरिया जान नपाएपछि युवाहरुले गरे काठमाडौंमा प्रदर्शन
काठमाडौै, माघ १३ :

रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताइन् ।
प्रर्दशनमा सहभागीहरुले इपिएसको लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधि थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस, २ वर्ष म्याद थप गरियोस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार