
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको दाबी गरेका छन् ।अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ।
मङ्गलबार सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आवश्यक रहेको भन्दै त्यो तागत कांग्रेसँग भएको बताएका हुन् । फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले उनले बताए ।
सभापति थापाले भने, ‘अहिलेको सन्दर्भमा बदलिएको कांग्रेस नै नयाँ पार्टी हो। अब यही नयाँ सिराबाट अघि बढेको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन्छ।’ चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने र टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी समेत देखिएको बताए।
भ्रष्टाचारको न्यूनिकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको कांग्रेसका नवनिर्वाचित सभापति थापाको भनाइ छ।