रौतहट, माघ १४ :

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीह गाउँमा आज बिहान भएको साङ्घातिक आक्रमणमा एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ३ बजेतिर अज्ञात समूह घरमै पसेर स्थानीय जगरुप महतो धानुकको परिवारमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट ५२ वर्षीया एक महिला र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते भएका अन्य तीन जना परिवारका सदस्यहरूको  एलएस न्यूरो लगायत अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको र संलग्न व्यक्तिको खोजी तीव्र बनाइएको छ ।