काठमाडौं, माघ १४ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

 सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । रिक्त १८ पदका लागि निर्वाचन भएको थियो । अधिकांश पदमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार नै विजयी भएका थिए ।