
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका धेरै जसो उम्मेदवारहरूले आफ्नो फारममा शैक्षिक योग्यताको विवरण खाली राखेको खुलेको छ । फारममा शैक्षिक योग्यताको विवरण खाली राखेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ ।
कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये झण्डै १९ प्रतिशत अर्थात ६ सय ४५ जना उम्मेदवारले शैक्षिक योग्यता उल्लेख नगरेको पाइएको हो । त्यस्तै २ सय ५२ जना उम्मेदवारहरुले शैक्षिक योग्यताको विवरणमा नबुझिने गरी अस्पष्ट रुपमा भरेको पाइएको छ ।
नेपालको प्रचलित कानुनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि शैक्षिक योग्यता अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था भने गरेको छैन । तर नेताहरु पढे लेखेको नभएको भन्ने आरोप बेलाबखत लाग्ने गरेको छ । पछिल्लो समय जनताहरुले नेताहरुको शिक्षाप्रति चासो राख्दै महत्व दिएका छन्