
फाइल तस्बिर ।
काठमाडौं, माघ १५ :
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको छ ।
नेता नेपाल रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । टिचिङ अस्पतालमा क्याबिन नपाएपछि मनमोहनमा भर्ना गरिएर उनको उपचार गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकबाट उनको उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनलाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने समस्या देखिएको छ ।