सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

सीके राउतलाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ माघ, २०८२ मा प्रकाशित
सीके राउतलाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
राजविराज, माघ १५ :

निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई स्पष्टीकरण सोधेको छ। सप्तरी क्षेत्र नम्बर- २ बाट उम्मेदवारी दिएका राउतमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिन्ह र झण्डाको तोरण बनाएर प्रदर्शन गरेको विषयमा उनीविरुद्ध उजुरी परेको थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेको छ । 

आयोग पनि चनाखो भई धमाधम कारबाहीलाई अगाडि बढाएको छ ।पछिल्लो समय अमर्यादित शब्द प्रयोग गरेको भन्दै आयोगले बालेन साह, महेश बस्नेत, निकोलस भुसाल लगायतका नेताहरुलाई स्पष्टीकरण सोधिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार