
राजविराज, माघ १५ :
निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई स्पष्टीकरण सोधेको छ। सप्तरी क्षेत्र नम्बर- २ बाट उम्मेदवारी दिएका राउतमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिन्ह र झण्डाको तोरण बनाएर प्रदर्शन गरेको विषयमा उनीविरुद्ध उजुरी परेको थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेको छ ।
आयोग पनि चनाखो भई धमाधम कारबाहीलाई अगाडि बढाएको छ ।पछिल्लो समय अमर्यादित शब्द प्रयोग गरेको भन्दै आयोगले बालेन साह, महेश बस्नेत, निकोलस भुसाल लगायतका नेताहरुलाई स्पष्टीकरण सोधिसकेको छ ।