शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ माघ, २०८२ मा प्रकाशित
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा
जनकपुर, माघ १५ :

 

मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो ।

सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार