गोरखा, माघ १५ :

रास्वपाका नेता सुदन गुरुङले सुरक्षा थ्रेट बढेको भन्दै पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेका छन् । 

प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवारी दिएका गुरुङलाई प्राप्त गोप्य सूचनाअनुसार केही व्यक्तिहरूबाट सुरक्षा थ्रेट बढेको जनाउँदै रास्वपा गोरखाले पीएसओसहितको सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । रास्वपा गोरखाका सचिव मिलन रानाले यस विषयमा प्रशासनलाई समेत जानकारी गराइसकेको बताएका छन् । प्रशासनमा जानकारी आएपछि प्रहरीले त्यस्ता व्यक्ति र गतिविधिमाथि निगरानी बढाएको छ ।

साथै रास्वपाले  गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको भन्दै त्यस बारेमा अनुसन्धान गरेर कारबाही प्रत्रिया अघि बढाउन पनि माग गरेको छ । गुरुङ केही दिनदेखि गोरखाको धार्चे र चुमनुब्री क्षेत्रमा चुनाव प्रचारका क्रममा घरदैलोमा व्यस्त छन् ।