शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा

· शुक्रबार, १६ माघ, २०८२ मा प्रकाशित
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
काठमाडौं, माघ १६ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् ।

सहिद दिवसका अवसरमा उहाँहरुको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले सहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका छन् ।

सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र सङ्घर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण वीर सहिदहरूप््रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूप्मा रूपन्तरण गर्न सकिने उल्लेख गर्दै उनले वीर सहिदहरुले देखाउनुभएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको बताएका छन् ।

सभापति थापाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार