धनुषा, माघ १६ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिले नेताहरूबीच मतभेद नभएको दाबी गरेका छन् । धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले  पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् ।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग पनि आफू निरन्तर संवादमा रहेर रायसुझाव लिइरहेको समेत बताए । उनले भने, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अहिले एक ढिक्का छौँ ।’

सभापति थापाले आजको दिनमा नयाँ भनेको माघमा विशेष अधिवेशन गरेर आएको नेपाली कांग्रेस नै भएको दाबी गरे। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै उनले अहिले कांग्रेस बदलियर आएको बताए । जनताले बदलिएको कांग्रेस देशको नेतृत्वमा पुगेको हेर्न चाहेको थापाको भनाइ थियो ।