बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
विदेश

भारत सरकारद्वारा नेपाललाई दिने सहायता रकम वृद्धि

नेपाल–भारत विकास साझेदारी निरन्तरताको संकेत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ माघ, २०८२ मा प्रकाशित
भारत सरकारद्वारा नेपाललाई दिने सहायता रकम वृद्धि
नयाँदिल्ली, माघ १८ :

भारत सरकारले नेपाललाई दिइने विकास सहायता रकम वृद्धि गरेको छ । आज सार्वजनिक गरिएको केन्द्रीय बजेटमा ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँ बढाएको छ । 

जसअनुसार  ८०० करोड भारतीय रुपैयाँ पुगेको छ । केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसदमा प्रस्तुत गरिएको बजेटमा सो कुरा उल्लेख छ । 

सहयोग वृद्धिले पूर्वाधार, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।  भारतको यो निर्णयलाई नेपाल–भारत विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।

भारतले नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गर्दा बंगलादेश, माल्दिभ्स र म्यानमारको सहायता रकम घटाएको छ । बंगलादेशको अनुदान आधाले घटाएर ६० करोडमा सीमित गरिएको छ ।

नेपालसँगै श्रीलंकालाई पनि भारतले १०० करोड रुपैयाँ थप गर्दै कुल ४०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ । यस्तै अफगानिस्तानका लागि ५० करोड रुपैयाँ थप गर्दै कुल १५० करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, मौरिससलाई पनि ५० करोड सहयोऊ थप गर्दै ५५० करोड रुपैयाँ पुर्‍याएको छ । भारतको विदेश मन्त्रालयको समग्र बजेट अघिल्लो वर्षको तुलनामा केही वृद्धि गर्दै यस वर्ष २२ हजार ११८.९७ करोड रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार