
काठमाडौं, माघ १९ :
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री जितेन्द्र देवले एमाले परित्याग गरेका छन्। उनले सोमबार विज्ञप्ति जारी गर्दै आफूले पार्टी परित्याग गर्नुको कारण खुलाएका छन् ।
पार्टी नेतृत्वले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई सही तरिकाले बुझ्नुको सट्टा ‘विदेशी षड्यन्त्र’ देखेको भन्दै आफूले पार्टी परित्याग गर्नुपरेको उल्लेख गरेका छन्।
२०४९ सालमा एमालेबाट राजनीति थालेका देव नेपाली कांग्रेसमा समेत प्रवेश गरेका थिए। विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा प्रवेश गरेपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाटै राष्ट्रिय सभा सदस्य पनि बनेका थिए। २०८० फागुन २० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी २०८१ असार १७ मा एमालेमै फर्किएका थिए ।