
काठमाडौं, माघ १९ :
आगामी निर्वाचनका लागि केही उच्च शिक्षा हासिल गरेकाहरु पनि भर्ना भएका छन् । काठमाडौंमा ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएकामा ६ जना स्नातकोत्तर उत्तीर्ण र ३५ जना स्नातक तह उत्तीर्ण गरेकाहरु समावेश भएको पाइएको हो ।
नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ । यही अवस्था देशका अन्य जिल्लाहरुमा पनि रहेको प्रहरीले बताएको छ ।
नेपालमै बसेर केही गर्छु भन्ने शिक्षित युवाहरु आफ्नो क्षमता अनुसारको काम नपाएपछि म्यादी प्रहरीमा भर्ना हुन बाध्य भएको उदाहरणले देशमा नातावाद र कृपावाद एवम् चरम बेरोजगारीको स्थितिलाई उजागर गरेको छ ।