शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

युवा संघले सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ माघ, २०८२ मा प्रकाशित
युवा संघले सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने
काठमाडौं, माघ १९ :

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि संगठनका सवै सदस्यहरुलाई परिचालित गर्दै सवै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने जनाएको हो । 

पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमाण्डहरुले प्रचारप्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहिय वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्ने जानकारी दिए ।

त्यस्तै ६ हजार ७ सय ४३ वटै वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमाण्डर तोकिएको बताए । आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवाहरुलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिने उनले बताए ।

नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र अगामी निर्वाचनमा मुलुक बनाउने शक्तिलाई जनमतमार्फत अनुमोदन गराउने उदेश्यसहित संगठनलाई अघि बढाइने अध्यक्ष गुरुङको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार