आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

संघीयताको भावना अनुसार प्रदेशहरूले आफ्नो अधिकार प्रयोग गर्न सकेनन् : कृष्ण सिटौला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
संघीयताको भावना अनुसार प्रदेशहरूले आफ्नो अधिकार प्रयोग गर्न सकेनन् : कृष्ण सिटौला
फाइल तस्बिर।
काठमाडौं, माघ २० :

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन् । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको उनले बताए।

संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा राखे । सिटौलाले कतिपय ठाँउमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे । उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार