काठमाडौं, माघ २० :

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १७ वटा रिटमा माघ २८ गतेलाई साधारण तारिख तोकेको छ। सबै रिटहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश भए पनि हालसम्म पेसी तोकिएको छैन। विपक्षीको लिखित जवाफ नआएकाले पेसी तारिख नतोकिएको बताइएको छ ।  

सर्वोच्च मुद्दा शाखाले पेशी नतोकी माघ २८ लाई साधारण तारिख तोकेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध एमाले, कांग्रेस गरी १७ वटा रिट परेको छ  । रिट दायर पक्ष दोस्रो सुनुवाइ पर्खेर बसेको अवस्थामा मंगलबार साधारण तारेख भएको हो । 

सर्वोच्चले यसअघि रिटहरूमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश र लिखित जवाफ मगाएको थियो । त्यसपछि सर्वोच्चले यी सबै रिटहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी १७ थान रिट विचाराधीन छन् ।