बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृ*त्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ माघ, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
बैतडी, माघ २१ :

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृ*त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृ*त्यु भएको हो । निर्वाचन सुरक्षाका लागि भर्ना भएका प्रहरीहरु तालिम सकेर धमाधम आआफ्नो क्षेत्रमा खटिने क्रम सुरु भएको छ । आजैदेखि नेपाली सेना पनि निर्वाचन सुरक्षामा खटिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार