शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश गण्डकी प्रदेश

गगनको प्रतिबद्धता- भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्छौं

‘नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिन सकिन्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
गगनको प्रतिबद्धता- भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्छौं
कास्की, माघ २३ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिले मुलुकलाई चेतनाको राजनीति गर्ने शक्ति चाहिएको बताएका छन् । शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले मुलुकलाई सम्हाल्ने शक्ति कांग्रेससँग मात्रै रहेको दाबी गरे ।  सभापति थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउनसक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई ।’

‘नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ’, सभापति थापाले भने,‘नयाँ कांग्रेसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा संकल्प बोकेर आएका छन् । ’

नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिनसकिने थापाको भनाइ थियो । अहिले समाजमा भित्रभित्रै आगो बलिरहेको बताउँदै उनले यो बेला कांग्रेसले नै सम्हाल्नुपर्ने बताए ।

अहिले निराशाको मुख्य जड नै भ्रष्टाचार भएको बताउँदै सभापति थापाले यसैका कारण राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास पैसा भएको बताए  ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार