बुटवल, माघ २३ :

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेकाले  उनलाई पार्टीबाट निष्कासित गरिएको उल्लेख गरेका छन् ।

काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट  समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार हुने छैन ।  अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय गर्ने बताइएको छ ।