
फाइल तस्बिर ।
काठमाडौं, माघ २५ :
नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावलाई लक्षित गर्दै लागि मेरो २१ दिन भन्ने अभियान शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै फागुन १ गतेदेखि यो अभियान सुरु गर्ने निर्णय गरेको हो ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर 'हाम्रो वडा हामी जिताउँछौँ' उद्घोषका साथ आ-आफ्नै वडामा खट्न कांग्रेसले निर्देशन दिएको छ । साथै पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन पनि कांग्रेसले आग्रह गरेको छ।