काठमाडौं, माघ २५ :

वरिष्ठ कलाकार सुनील थापाको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि यतिबेला चलचित्र विकास बोर्डमा राखिएको छ। 

श्रद्धाञ्जली दिन नीर शाह, बसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,सरोज खनाल,गैरी मल्ल,करिश्मा मानन्धर, निर्मल शर्मा, रेखा थापा, धिरेन शाक्यलगायत नयाँ तथा पुराना कालाकारहरु पुगेका छन्। स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनीहरु निकै भावुक देखिन्थे ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको निधन भएको हो । नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।उनको परिवारका सदस्य भारतको मुम्बईमा बस्दै आएका छन् ।