काठमाडौं, माघ २५ :

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। 

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ गर्दै सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको यो आदेशसँगै चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने पक्का भएको छ। 

कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।