काठमाडौं, माघ २५ :

आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालको पहिलो खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक अवलोकन गरेकी छन् ।

भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी उक्त खेल प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनमार्फत हेरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ । १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुआत गरेको छ ।

विश्वकपजस्तो ठूला प्रतियोगितामा नेपाली टोलीको सहभागिता र प्रदर्शनलाई प्रधानमन्त्रीले विशेष चासोका साथ हेरेको सचिवालयको भनाइ छ ।