
त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई ६ महिना कैद सजाय तोकिएको छ। पीएचडी गरेको भनेर झुठा विवरण पेस गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंले प्रसाईंलाई कैद सजाय सुनाएको हो।
न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रसाईंलाई कैद सजायको साथै १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ।
उनले त्रिवि त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सह-परीक्षा नियन्त्रक पदमा नियुक्तिका लागि पीएचडी गरेको स्वघोषणसहित निवेदन दिएका थिए। अन्य तीन जना प्रतिस्पिर्धीलाई पछि पार्दै उनी २०८१ मंसिर १८ मा सह-परीक्षा नियन्त्रक नियुक्त भएका थिए।
विद्यावारिधि नगर्दै गरेको भनेर सह-परीक्षा नियन्त्रक पदमा नियुक्ती प्राप्त गर्न झुटा विवरण पेस गरेको पाइएकोले कसूर ठहर हुने अदालतले फैसला गरेको छ। उनले विद्यावारिधि नगरेको भन्दै अख्तियार दुरुयोग अनुसन्धान आयोगमा उजुरी परेपछी उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।