शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स #सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स
समाचार शिक्षा

पीएचडीको झुटो विवरण बुझाएका त्रिविका सह-परीक्षा नियन्त्रक प्रसाईंलाई ६ महिना कैद सजाय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ माघ, २०८२ मा प्रकाशित
पीएचडीको झुटो विवरण बुझाएका त्रिविका सह-परीक्षा नियन्त्रक प्रसाईंलाई ६ महिना कैद सजाय
काठमाडौं, माघ २८ :

त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई ६ महिना कैद सजाय तोकिएको छ। पीएचडी गरेको भनेर झुठा विवरण पेस गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंले प्रसाईंलाई कैद सजाय सुनाएको हो।

न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रसाईंलाई कैद सजायको साथै १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ।

उनले त्रिवि त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सह-परीक्षा नियन्त्रक पदमा नियुक्तिका लागि पीएचडी गरेको स्वघोषणसहित निवेदन दिएका थिए। अन्य तीन जना प्रतिस्पिर्धीलाई पछि पार्दै उनी २०८१ मंसिर १८ मा सह-परीक्षा नियन्त्रक नियुक्त भएका थिए।  

विद्यावारिधि नगर्दै गरेको भनेर सह-परीक्षा नियन्त्रक पदमा नियुक्ती प्राप्त गर्न झुटा विवरण पेस गरेको पाइएकोले कसूर ठहर हुने अदालतले फैसला गरेको छ। उनले विद्यावारिधि नगरेको भन्दै अख्तियार दुरुयोग अनुसन्धान आयोगमा उजुरी परेपछी उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार