सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

यस्तो छ कोसी प्रदेश सरकारको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
यस्तो छ कोसी प्रदेश सरकारको निर्णय
विराटनगर, माघ २९ :

कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन-२०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार आयोजना छनोट तथा वर्गीकरण बैंक व्यवस्थापन कार्यविधिलाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णयसमेत भएको छ ।
त्यस्तै आजको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णयसमेत गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार