काठमाडौं, माघ २९ :

भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तण गरेका हुन् ।

यसअघि भारतले  पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान सहयोग स्वरुप उपलब्ध गराइसकेको गृहमन्त्रालयका सहसचिव एवंम प्रवक्ता आनन्द काफ्ले जानकारी दिए । भारत सरकारले  नेपाली सेनाका लागि पनि थप  ५० वटा सवारीसाधान उपलब्ध गराएको छ । 

May be an image of one or more people and text that says 'भ्रारत Krala ស្ BOA भारत सरकारढरा नेपाल सरकारलाई उपहार स्वरूप सवारी साधन अन्य सामग्री हस्ता समारोह Ceremony for g, Governm of vehicles and 2l by Govern supplies to ndia २९ सिंहुदरबार irs,s irs, FRIENDSHPBEYONUBOROETS NDIA-NEPAL FRIENDSHPBEYONDBO BORDERS Feb, 2026 dadRSobl ፖጵን (mpor BEW'

उक्त सवारी साधान राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गरे । नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री  प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको  प्रवक्ता काफ्लेले जानकारी दिए ।