
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
जसपाले अहिलेको संविधानले समावेशी तथा सामाजिक लोकतन्त्रको आधारभूत मान्यताहरूलाई आत्मसाथ गर्न नसकेको भन्दै संविधान संशोधन र पुनर्लेखनलाई मुख्य एजेण्डा बनाएको छ ।
‘संघर्षसँगै समृद्धि’ नारा दिएको जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ। घोषणपत्रमार्फत समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने जनाएको छ ।
प्रशासनिक संघीयताको पक्षपोषण गरेकोले संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन हुनुपर्ने र त्यसले दिने सुझावको आधारमा संशोधन/परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।