शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

दलहरुलाई औपचारिक रुपमा लाग्यो चुनाव, आजदेखि प्रचारप्रसार गर्न खुला

आचारसंहिता उल्लङ्घन भएको पाइएमा जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ फागुन, २०८२ मा प्रकाशित
दलहरुलाई औपचारिक रुपमा लाग्यो चुनाव, आजदेखि प्रचारप्रसार गर्न खुला
काठमाडौं, फागुन ४ :

यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक प्रचारप्रसार सुरु भएको छ। जसअनुसार दल तथा उम्मेदवारहरूले सभा, जुलुस र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाउनेछन्। 

आयोगका अनुसार प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था  गरेको छ ।  

आचारसंहिता उल्लङ्घन भएको पाइएमा जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने आयोगले जनाएको छ। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ ।

आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न  पाउनेछन् । चुनाव प्रचारप्रसार सुरु हुने अघिल्लो दिन आयोगले आइतबार दलहरुका लागि ६३ बुदेँ निर्देशन पनि जारी गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार