काठमाडौं, फागुन ५ :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।  वैशाख १४ गतेदेखि सुरु हुने गरी बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले एसईईको परीक्षा तालिका भने यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । फागुन २१ गतेको निर्वाचनका कारण परीक्षा तालिका दुई सातापछि सारिएको हो ।