यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ ।काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ ।
दुवै जिल्लाका निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमै राखिएको थियो । चितवनमा भने भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेकाले त्यसैबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ । अन्य ७४ जिल्लामा पनि २०७९ सालमै पठाइएको मतपेटिकाको मौज्दातबाट पठाइने गरी व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसपटकको निर्वाचनका लागि ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने